"नेपालको समृद्धिको सहयात्री"
NP

Citizen Investment Trust

Faq

१. Connect IPS बाट अवकोश कोषको ८० प्रतिशत, आवास कर्जा, सरल कर्जा र Investor Loan को साँवा र व्याज कसरी तिर्न सकिन्छ?

 

  • login.connectips.com मा गएर ConnectIPS account create गर्ने ।
  • Connect IPS मा account create गरिसकेपछि Bank account भित्रको Link Account मा आफ्नो बैंक खाता रहेको बैंक link गराएर Approval गर्न सम्बन्धित बैंकमा सम्पर्क राख्ने ।
  • बैंकले Request Approval गरिसकेपछि CIT को ऋण तिर्न Government of Nepal मा गएर Semi-Govt.(Sansthan) मा Click गर्ने ।
  • त्यस पछि CIT Payment मा Click गर्ने र CIT Loan Repayment मा Click गरी आफ्नो बैंक Account छनोट गर्ने ।
  • Loan Type छनोट गरी आफ्नो CIT कार्डमा भएको परिचय पत्र नम्बर राख्ने तर यदि कार्डमा Old NLK Number नम्बर मात्र भएको छ भने Old Scheme Account Number राखी Make Payment मा Click गर्ने । तर यदि कार्डमा (Alphabet/Number) भएको परिचयपत्र नम्बर छ भने  New Scheme Account Number मा राखी Make Payment मा Click गर्ने ।
  • Leftside Screen देखिएको तिर्नुपर्ने amount Enter Transaction Amount मा राखी Continue मा Click गर्ने ।
  • Amount transfer भएको घण्टा भित्र CIT ले सम्बन्धितको CIT account मा उक्त Amount transfer भएको मितिमा नै Entry हुनेछ ।
  • Entry भए पश्चात, सहभागीको मोबाईलमा SMS आउछ साथै CIT Mobile APP र E-service बाट पनि सहभागीले उक्त Amount आफ्नो Account बाट घटेको हेर्न सकिन्छ ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

२. कस्ता कस्ता व्यक्तिहरुले नागरिक लगानी कोषमा सहभागी हुन सक्दछन ? 

  • कर्मचारी बचतवृद्धि स्वीकृत अवकाश कोष योजना (निजामती सेवा, शिक्षक सेवा, सुरक्षा निकाय लगायत सरकारी तथा निजी संघ संस्थामा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, तथा ज्यालादारी कर्मचारीहरु) 
  • निजामती बीमा कोष (स्थायी निजामती कर्मचारीहरु)
  • शिक्षक बीमा कोष (सार्वजनिक विद्यालयका स्थायी शिक्षक कर्मचारीहरु) 
  • नेपाल प्रहरी बीमा (स्थायी नेपाल प्रहरी कर्मचारीहरु)
  • नेपाली सेना बीमा कोष (स्थायी सैनिक कर्मचारीहरु)
  • सशस्त्र प्रहरी बल बीमा कोष (स्थायी सशस्त्र प्रहरी बलका कर्मचारीहरु)
  • नार्क बीमा कोष (नेपाल कृषि अनुसन्धान परिषदका कर्मचारीहरु)
  • राष्ट्रिय अनुसन्धान विभाग ( राष्ट्रिय अनुसन्धान विभागका स्थायी कर्मचारीहरु) 
  • लगानीकर्ता हिसाब योजना (सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्थाहरू)
  • उपदानकोष योजना (सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्थाहरू)
  • नागरिक एंकाक योजना (सम्पूर्ण नेपाली नागरिकहरु) 

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

३. NLK E-service कसरी चलाउन सकिन्छ ? 

  • www.nlk.org.np भित्र गई E-service Menu मा Click गर्ने, वा http://eservice.nlk.org.np/ ब्राउज गर्ने |
  • Register for E-service मा Click गर्ने |
  • यदि Personal Account को लागि हो भने Personal Login मा गएर Proceed मा Click गर्ने र उल्लेखित Information भरी Submit Button मा Click गर्ने |
  • यदि Official Account को लागि हो भने Office login मा गएर Proceed मा Click गर्ने र उल्लेखित Information भरी Submit Button मा Click गर्ने |
  • यदि Corporate Login को लागि हो भने Corporate Login (IAS,GFS) मा गएर Proceed मा Click गर्ने र उल्लेखित Information भरी Submit Button मा Click गर्ने |
  • Form Submit भएको कम्तीमा २४ घण्टा भित्रमा तपाईको Account Verified हुनेछ | उपरोक्त प्रकृयाहरूको जानकारी तपाईको Email ठेगानामा Alert आउनेछ |

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

४. CIT Mobile App कसरी चलाउन सकिन्छ ?

नागरिक लगानी कोषका कार्यक्रम : निजामती कर्मचारी बीमा कोष, नेपाल प्रहरी बीमा कोष, नेपाली सेना बीमा कोष, सशस्त्र प्रहरी बीमा कोष, शिक्षक बीमा कोष, कर्मचारी बचतवृद्धि स्वीकृत अवकाश कोष योजना अन्तर्गत ऋण सापटी तथा बचत भइरहेको रकमको स्टेटमेन्ट CIT Mobile App बाट हेर्न सकिन्छ । 

APP डाउनलोड गर्ने तरिका : बचतवृद्धि स्वीकृत अवकाश कोष योजना र बीमा कोषका सबै सहभागीहरुले कोषको उक्त सेवा लिनका लागि Android Operating System भएको मोबाइलका Playstore मा गएर CIT Mobile App खोज्ने र सो APP लाई Install गर्नुपर्ने हुन्छ । यो सेवा iOS(Apple) Operating System भएको मोबाइलमा उपलब्ध छैन ।  

प्रयोग कसरी गर्ने:
अनलाइन मोड : यदि तपाईको मोबाइलमा इन्टरनेटको सुबिधा छ भने अनलाइन मोडको स्त्रीन देखिनेछ । त्यहाँ Register बटनमा गई आफ्नो नाम, मोबाइल नम्बर, आफू कार्यरत रहेको कार्यालयको नाम, बीमा कोष अन्तर्गतको बीमा कोष छनोट गरी बीमा परिचयपत्र नम्बर र यदि बीमा नभएका सहभागीहरुको हकमा अवकाश कोषमा ठिक चिन्हमा  लगाई कोषको परिचयपत्र नम्बर राखेर रजिष्टर गर्नुपर्दछ ।

  • रजिष्टर गरे पश्चात कोषको तर्फबाट स्वीकृति प्रदान गरिनेछ र सहभागीको मोबइलमा पिन कोड सहितको SMS आउनेछ । 
  • तत्पश्चात अनलाइन मोडमा सहभागीले आफ्नो मोबाइल नम्बर र SMS मा प्राप्त पिन कोड राखि Login गरी अवकोश कोषमा जम्मा भएको रकम र कोषबाट ऋण सापटीको स्टेटमेन्ट तथा बीमा  कोषमा जम्मा भएको रकमको स्टेटमेन्ट हेर्न सकिनेछ । 
  • CIT Mobile App भन्दा अगाडीको SMS Service प्रयोगकर्ताले पुरानै पिन प्रयोग गरि CIT Mobile App Login गर्न पनि सक्नुहुनेछ ।
  • SMS सेवा NTC/Ncell का प्रयोेगकर्ताहरुको लागि मात्र उपलब्ध छ । यो सूचना कोषको वेबसाइट www.nlk.org.np मा समेत हेर्न सकिन्छ ।
  • यो निःशुल्क हो र कुनै Support चाहिएमा फोनः ०१—५९७०२०१ Ext_No. १०६ मा सम्पर्क राख्नु होला । 

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

५. कर्मचारी बचतवृद्धि स्वीकृत अवकाश कोष योजनामा जम्मा भएको रकमको अन्तिम भुक्तानी लिदा कर कसरी गणना गरिन्छ ?

  • कर्मचारी बचतवृद्धि अवकाश कोष योजनामा सहभागीले रू. ५ लाख वा सो भन्दा कम मौज्दात हुने बचत कर्तालाई कर नलाग्ने |
  • रू. १०,००,०००|- सम्म मौज्दात भएकोमा रू.५,००,०००|- घटाई बाँकीमा ५ प्रतिशतका दरले कर लाग्ने | 
  • रू. १०,००,०००|- भन्दा माथिको जतिसुकै मौज्दात सावाँ र ब्याज भएकोमा ५० प्रतिशत मौज्दातमा ५ प्रतिशतका दरले कर लाग्ने |
  • कर्मचारी बचतवृद्धि स्वीकृत अवकाश कोष योजनामा सहभागी भएका बचत कर्ताको दुर्घटनावस मृत्यु  भएमा रू. १ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था भएकोले आश्रितले भुक्तानी  पाउने |
  • आयकर एन २०५८ अनुसार कर छुट सुविधा पाइने |

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

६. राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रममा सहभागी हुँदा उमेर अनुसार बार्षिक रुपमा कति बिमाशुल्क लाग्छ ?

राष्ट्रिय बिमा संस्थानले तोके अनुसार पहिलो पटक यस कार्यक्रममा सहभागी हुदा उमेर अनुसार देहाय बमोजिमको बिमाशुल्क लाग्दछ ।

सहभागीको उमेर समुह

बीमा अवधि (बर्ष)

बार्षिक बीमा शुल्क (रु.)

सहभागीको उमेर समुह

बीमा अवधि (बर्ष)

बार्षिक बीमा शुल्क (रु.)

५० वर्ष सम्म

२० वर्ष

,६००।

५५ बर्ष सम्म

१५ वर्ष

१२,८००।

५१ वर्ष

१९ वर्ष

१०,१०५।

५६ बर्ष

१४ वर्ष

१३,७१४।

५२ वर्ष

१८ वर्ष

१०,६६७।

५७ बर्ष

१३ वर्ष

१४,७६९।

५३ वर्ष

१७ वर्ष

११,२९४।

५८ बर्ष

१२ वर्ष

१६,०००।

५४ वर्ष

१६ वर्ष

१२,०००।

५९ बर्ष

११ वर्ष

१७,४५५।


----------------------------------------------------------------------------------------------------------------------------------------------------------

७. नागरिक लगानी कोषका विभिन्न कार्यक्रमको कोषकट्टी रकम कुन खातामा जम्मा गर्नुपर्छ ?

नागरिक लगानी कोषका विभिन्न कार्यक्रमको कोषकट्टी रकम तल उल्लेखित खाताहरुमा रकम जम्मा गर्नुपर्छ । यी बैंकहरुमा ABBS (Any Branch Banking Service) सेवा उपलब्ध छ ।

सि.नं.

खातावाला/कार्यक्रमको नाम

राष्ट्रिय बाणिज्य बैंकमा खोलिएको बैक खाता नं.

नेपाल बैक बंक लि. मा खोलिएको बैक खाता नं.

ना.ल.कोष, शिक्षक वीमा कोष

१७०० ०००० ०७०६

००२० ०१०० ५१२४ ४९०० ०००१

ना.ल.कोष, कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष

१४३० ०००४ १५०१

००२० ०१०० ५१०० २९०० ०००१

ना.ल.कोष, निजामती वीमा कोष

१७०० ०००० ०८०६

००२० ०१०० ५०९९ ५३०० ०००१

ना.ल.कोष, सैनिक वीमा  कोष

१४२० ००४१ ०२०१

००२० ०१०० ५१०० २८०० ०००१

ना.ल.कोष, नेपाल प्रहरी वीमा कोष

१४२० ००४१ ०३०१

००२० ०१०० ५३९० ३८०० ०००१

ना.ल.कोष, सशस्त्र प्रहरी वीमा कोष

१४२० ००४० ७३०१

 

 

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

८. राष्ट्रसेवक कर्मचारीहरुले सावधिक जीवन बीमा कार्यक्रममा कसरी सहभागी हुन सक्छ्न ?

  • नागरिक लगानी कोषद्वारा  संचालित बिमा कार्यक्रममा सहभागी भैसकेका, कोषमा निजहरुको खातामा यस सावधिक जीवन बीमा कार्यक्रमका लागि आवश्यक पर्ने बिमाशुल्क मौज्दात रहेका, २०७५ साल असार ३१ गते सम्म बहाल रहेका र अनिवार्य अवकाश हुन १ बर्ष भन्दा बढी अबधि बाँकी रहेका कर्मचारीहरू स्वतः यस कार्यक्रममा सहभागी हुन्छन्।
  • २०७५ साउन पछि नयॉ नियुक्ति भएका राष्ट्रसेवक कर्मचारीहरुले सम्बन्धित किताबखानाबाट प्रदान गरिने सिटरोल नं. लिई आफ्नो सम्बन्धित कार्यालयबाट सो परिचय पत्र प्रमाणित गरी उमेर अनुसार लाग्ने बार्षिक बीमा शुल्क कोषमा दाखिला गरे पछि यस कार्यक्रममा सहभागी हुन सक्दछन ।      

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

९. राष्ट्रसेवक कर्मचारीहरुले कोष कट्टी गर्दैमा यो सावधिक जीवन बीमा कार्यक्रममा सहभागी हुन्छन ?

  • राष्ट्रसेवक कर्मचारीहरुले कोष कट्टी गर्दैमा यस कार्यक्रममा सहभागी हुन सक्दैनन। यस कार्यक्रममा सरिक वा नबिकरण गर्ने प्रत्येक वर्षको साउन १ गतेको समय भित्र आफुलाई आवश्यक पर्ने बिमाशुल्क कोषमा जम्मा भएको हुनुपर्दछ ।
  • आर्थिक बर्षको बीचमा नयॉ नियुक्ति हुने राष्ट्रसेवक कर्मचारीहरुले विलम्व शुल्क समेत तिरी नियुक्ति भएको अघिल्लो श्रावण १ गतेबाट नै यस योजनामा सहभागी हुन सक्ने व्यवस्था समेत रहेको छ तर त्यसको लागि आवश्यक पर्ने  बीमाशुल्क र विलम्व शुल्क अग्रिम रुपमा नागरिक लगानी कोषमा दाखिला गर्नुपर्ने छ । साथै आगामी वर्षको लागि आवश्यक पर्ने बीमाशुल्क असार मसान्त भित्र  पुग्ने गरी कोषमा रकम दाखिला गर्नु पर्ने छ । उदारहणका लागि कुनै व्यक्ति २०७६/०४/०१ गते ३० बर्ष भएको र निजले नियुक्ति २०७६/०६/२५ गते लिएको भए २०७६ श्रावण १ गते बाट नै यस योजनामा सहभागी हुन मिति २०७६/०४/०१ मा ५० बर्ष भन्दा कम उमेर भएका कारणले बीमाशुल्क बापत रु.९,६००/- र राष्ट्रिय बिमा संस्थानले तोकेको विलम्व शुल्क बापत रकम समेत अग्रिम रुपमा नागरिक लगानी कोषमा दाखिला गर्नुपर्ने छ ।
  • यसरी सहभागी हुँदा निजले २०७६ श्रावण, भाद्र र असोज महिनाको बिमाशुल्क समेत असार मसान्त भित्र व्यक्तिगत रुपमा कोषमा दाखिला गर्नुपर्ने छ ।
  • यसरी दाखिला नगरिएमा आगामी बर्षका लागि आबश्यक पर्ने बिमाशुल्क कोषमा जम्मा हुन नसक्ने हुँदा आगामी श्रावण १ गते कोषले संस्थानमा बिमाशुल्क पठाउन सक्दैन । त्यसले गर्दा राष्ट्रसेवक कर्मचारीहरुले यस कार्यक्रमको लाभ लिनबाट बन्चित हुन्छन
  • बीमाशुल्क र विलम्व शुल्क बापतको रकम अग्रिम रुपमा नबुझाउने र मासिक रुपमा नियमित कट्टा गरेका कर्मचारीहरुको २०७७ असार मसान्त सम्ममा जम्मा रकम रु. ७,२००/- मात्र जम्मा हुन् सक्ने भएकोले त्यस्तो कर्मचारी २०७८ श्रावण १ गते बाट मात्र यस बिमा कार्यक्रममा स्वतः सहभागी हुन वा सरिक हुन पाउने छन् । अर्थात जहिले सम्ममा बिमा शुल्क पुग्छ त्यस पछिको साउनमा मात्र ति कर्मचारीहरु सहभागी हुन पाउने छन् ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

१०. नागरिक लगानी कोषको शाखा कार्यालयबाट कुन कुन सेवाहरू उपलब्ध हुन्छ।

कोषका शाखा कार्यालयहरूबाट सहभागीहरुले प्राप्त गर्ने सेवाहरू:

  • कर्मचारी बचतवृद्धि स्वीकृत अवकास कोषमा सहभागी भएकाहरुले ८० प्रतिशत सापटी, अन्तिम भुक्तानी  र छुट रकमको भुक्तानी लिन पाउने।
  • कर्मचारी बचतवृद्धि स्वीकृत अवकास कोष र बीमा कार्यक्रमहरुको फाँटवारी संकलन, स्टेटमेन्ट बितरण र कोषको बारेमा अन्य जानकारी लिन सकिने।
  • लगानी कर्ता हिसाब योजनाबाट ८० प्रतिशत सापटी।
  • आवास कर्जा र सरल कर्जा प्रवाह।
  • नागरिक पेन्सन योजना सम्बन्धी जानकारी।
  • उपदान कोष कट्टी रकमको अन्तिम भुक्तानी।
  • शिक्षक र निजामती कोषका कर्मचारीहरूको बीमा कोष कट्टी रकमको अन्तिम भुक्तानी ।
  • कर्मचारी बचत वृद्धि अवकाश कोष, शिक्षक बीमा कोष, निजामती बीमा कोष र उपदान कोष योजनाको नयाँ परिचयपत्र बनाउने, प्रतिलिपि लिने।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

११. नागरिक लगानी कोषको कर्मचारी बचतवृद्धि स्वीकृत अवकास कोष योजना कार्यक्रमले के कस्ता सुविधाहरू दिन्छ ?

नागरिक लगानी कोषको कर्मचारी बचतवृद्धि स्वीकृत अवकास कोष योजना कार्यक्रममा आबद्ध सहभागीहरुले प्राप्त गर्ने सुविधाहरू:

  • कोषकट्टीमा जम्मा भएको रकमको ८० प्रतिशत सापटी (दुई आर्थिक बर्ष पुगेको हुनुपर्ने)
  • दुर्घटना परी मृत्यु भएमा दुर्घटना बीमा वापतको रू. १ लाख सम्म ।
  • आवास कर्जा १५ बर्षको शुरु तलब धितोले खामेसम्मको अधिकतम रू ८० लाख ।
  • तर पति/पत्नी दुवैजना कोषको सहभागी भएमा एउटै धितोबाट दुईजनाको नाममा कर्जा हिसाब गर्दा अधिकतम कर्जा सीमा पति/पत्नी दुवैजनाको तलबमानको आधारमा अलग अलग हिसाब गरी जम्मा रु. १ करोड सम्म ।
  • सरल कर्जा धितोले खामेसम्मको अधिकतम रू. ३० लाख सम्म ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

१२. सोधपुछ तथा अन्य जानकारीको लागि कहाँ सम्पर्क गर्ने ?

कोषसंग जनसम्पर्क स्थापना गर्न कोषको वेबसाइटमा स्टाफ निर्देशिका बाट सम्बन्धित शाखा र महाशाखाको EXT_No सम्पर्क गर्नुहोला | सम्पर्क गर्नको लागि  https://nlk.org.np/staff-directory   लिंकमा click गर्नुहोस् |

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

१३. कर्मचारी बचतवृद्धि स्वीकृत अवकास कोष योजना कार्यक्रमको अन्तिम भुक्तानी लिंदा  कुन कुन कागजातहरुको आवाश्यकता पर्दछ ?

कर्मचारी बचतवृद्धि स्वीकृत अवकास कोष योजना कार्यक्रमको अन्तिम भुक्तानी लिंदा आवश्यक पर्ने कागजातहरुको विवरणहरू

अनिवार्य अवकास वा राजिनामा भएको खण्डमा भुक्तानीको लागि चाहिने आवश्यक कागजातहरु

  • नागरिक लगानी कोषले दिएको परिचय पत्र |
  • परिचय पत्र नबनाएको वा हराएको सन्दर्भमा अवकास/राजिनामा पत्रमा उल्लेख हुनु पर्ने |
  • अवकास/राजिनामा पत्रमा कोषलाई सम्बोधन गरी मिति खुलेको हुनुपर्ने |
  • कोष कट्टी रकम भुक्तानी फारम |
  • नागरिकताको प्रतिलिपि |  

मृत्यु (दुर्घटना) भएको खण्डमा भुक्तानीको लागि चाहिने आवश्यक कागजातहरु

  • मृत्युदर्ता प्रमाणपत्र सक्कल वा प्रमाणित प्रतिलिपि |
  • नाता प्रमाणित पत्र सक्कल वा प्रमाणित प्रतिलिपि |
  • हकवालाको निवेदन नागरिकता साथै मृतकको नागरिकताको प्रमाणित प्रतिलिपि |
  • प्रहरी कार्यालय मार्फत नेपाल सरकारमा चढाएको जाहेरीको प्रमाणित प्रतिलिपि |
  • लास जांच प्रकृति मुचुल्काको प्रमाणित प्रतिलिपि |
  • लास सदगद पुर्जी, सनाखत पत्रको प्रमाणित प्रतिलिपि |
  • घटनास्थल प्रकृति मुचुल्काको प्रमाणित प्रतिलिपि |
  • हस्पिटलबाट जारी भएको मृत्यु प्रमाणपत्र, पोस्टमार्टम रिपोर्टको प्रमाणित प्रतिलिपि |
  • प्रहरी कार्यालयबाट (दुर्घटना) प्रमाणित प्रहरी रिपोर्ट सक्कल पत्र |
  • सम्बन्धित कार्यालयबाट कर्मचारी दुर्घटनामा परी मृत्यु भएको पत्र |
  • बीमा पोलिसी तथा प्रिमियम भुक्तानी कर बिजक |
  • जानकारी दिन ढिलो भएमा कारण खुलाई निवेदन | (दुर्घटना भएको ३५ दिन भित्र)
  • सवारी एक आपसमा ठक्कर लागि भएको दुर्घटनामा चालक लाईसेन्स तथा सवारीका कागजातहरू |
  • दावी फारम पुरा भरि बीमितको कार्यालयको छाप, अधिकार प्राप्त कर्मचारीको हस्ताक्षर |
  • नागरिक लगानी कोषको परिचय पत्र |
  • कोष कट्टी रकम भुक्तानी फारम |

संलग्न दावी फारम -

उपरोक्त माग गरिएका कागजातहरुको प्रतिलिपि प्रमाणित नोटरी पब्लिकबाट गराउनु पर्नेछ | नोट: दाबी फछ्र्यौटका लागि राष्ट्रिय बीमा कम्पनिले आवश्यकता अनुसार माग गरेका अन्य कागजातहरू |

नोट: कोषबाट लिने भुक्तानीको लागि मन्जुरीनामा पत्र दिएर पनि पठाउन सकिनेछ | सोको लागि मन्जुरीनामा लिने र दिनेको नागरिकताको प्रतिलिपी अनिवार्य संलग्न गर्नुपर्ने छ |

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

१४. कर्मचारी बचतवृद्धिको ८० प्रतिशत सापटीको लिदा कुन कुन कागजातहरुको आवश्यकता पर्दछ ?

  • कोषले दिएको परिचयपत्रको प्रतिलिपी
  • ८० प्रतिशत सापटी फारम (सम्बन्धित कार्यालयबाट प्रमाणित गरेको हुनुपर्ने )

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

१५. लगानीकर्ता (उपदान) ८० प्रतिशत सापटीको लिदा कुन कुन कागजातहरुको आवश्यकता पर्दछ ?

  • कोषले दिएको परिचयपत्रको प्रतिलिपी
  • ८० प्रतिशत सापटी फारम (सम्बन्धित कार्यालयबाट प्रमाणित गरेको हुनुपर्ने )

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

१६. सावधिक जीवन बीमा कोष कार्यक्रमको अन्तिम भुक्तानी लिंदा  कुन कुन कागजातहरुको आवश्यकता पर्दछ ?

अनिवार्य अवकास वा राजिनामा भएको खण्डमा भुक्तानीको लागि चाहिने आवश्यक कागजातहरु

  • अनिवार्य अवकास वा राजिनामा पत्र
  • पेन्सन पट्टाको प्रतिलिपि
  • पेन्सन पट्टा नबनाएको सन्दर्भमा Personal Information System (PIS) पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नागरिक लगानी कोषबाट प्रदान गरिएको परिचय पत्र
  • कोष कट्टी रकम भुक्तानी फारम |

मृत्यु (दुर्घटना) भएको खण्डमा भुक्तानीको लागि चाहिने आवश्यक कागजातहरु

  • सम्बन्धित कार्यालयबाट कार्यरत रहेको अवस्थामा मृत्यु भएको जानकारी पत्र
  • पेन्सन पट्टाको प्रतिलिपि
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • हकवालाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि
  • नाता प्रमाणपत्रको प्रतिलिपि
  • नागरिक लगानी कोषबाट प्रदान गरिएको परिचय पत्र
  • कोष कट्टी रकम भुक्तानी फारम |

नोट: कोषबाट लिने भुक्तानीको लागि मन्जुरीनामा पत्र दिएर पनि पठाउन सकिनेछ | सोको लागि मन्जुरीनामा लिने र दिनेको नागरिकताको प्रतिलिपी अनिवार्य संलग्न गर्नुपर्ने छ |

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

 

****नागरिक पेन्सन योजना २०७६ सम्बन्धी वारम्वार सोधिने प्रश्न र तिनको उत्तर ****

 

१७. नागरिक पेन्सन योजनामा सहभागी हुन के गर्नु पर्दछ ?

  • कोषवाट उपलब्ध गराइएको KYC फर्म र कार्ड भर्नु पर्दछ र कोषबाट पेन्सन खाता नं. लिनु पर्दछ । 

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

१८.मासिक कति र कसरी जम्मा गर्ने ?

  • कम्तीमा मासिक रु ५००/– मा नघट्ने गरी मासिक / त्रैमासीक / अर्धवार्षिक / वार्षिक रुपमा र बढि रकम जम्मा गर्नु परेमा १० ले भाग जाने जति पनि रकम जम्मा गर्न सकिने ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

१९. रकम कुन बैंक खातामा जम्मा गर्ने ?

  • NIC  ASIA Bank Ltd  मा रहेको नागरिक लगानी कोष, नागरिक पेन्सन योजना को  खाता नं ०५४४१५१०३५२१७०१२ (0544151035217012 )मा जम्मा गरी तीन प्रति बैक भौचर मध्ये दुई प्रति बैंकमा छोडने र एक प्रति आफुसंग सुरक्षित राख्ने वा Connect IPS वा मोवाईल वालेटवाट जम्मा गर्न सकिने ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

२०. पेन्सन कहिले देखि प्राप्त हुन्छ ?

  • सहभागीको उमेर साठी वर्ष पूरा भए पछि पेन्सन प्राप्त गर्न सकिनेछ ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

२१. बर्ष रकम जम्मा नहुदै उमेरले ६० बर्ष पुगेमा पेन्सन पाउछ कि पाउँदैन ? 

  • पाँउछ, तर १५ वर्षको रकम एकमुष्ट बाँकी अवधिको किस्तामा जम्मा गरेमा ६० वर्ष पूरा गरे पछि पेन्सन पाउन सक्ने ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

२२. पेन्सन रकम कति प्राप्त हुन्छ ?

  • पेन्सनको गणना सहभागीले जम्मा गरेको रकम र कोषले दिएको व्याज तथा लगानीबाट प्राप्त प्रतिफल (बोनस) जोडी हिसाव गरि कुल रकमलाई १७० ले भाग गरी आउने रकम मासिक रुपमा आजीवन पेन्सन पाइने ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

 २३. पेन्सन प्राप्त गरिरहेको सहभागीको मृत्यु भएमा पेन्सन रकम के हुन्छ ?

  • निजको श्रीमान वा श्रीमतीले मृतक सहभागीले पाए सरह नै आजीवन पेन्सन पाउने ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

 २४. पेन्सन पाउन शुरु गरे पछि निज र निजको श्रीमान् वा श्रीमति दुवैको मृत्यु भएमा पेन्सन   रकम के  हुन्छ ?

  • श्रीमान् वा श्रीमती दुवैको मृत्यु भएमा कोषमा सम्बन्धित ब्याक्तिको नाममा वाँकी रहेको बचत रकम कोषको नियमानुसार निजहरुको नजिकको कानूनी हकदारलाई प्रदान गरिने ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

२५.  पेन्सन नपाउँदै सहभागीको मृत्यु भएमा बचत रकम के हुन्छ ?

  • पेन्सन नपाँउदै कसैको मृत्यू भएमा जम्मा रकम, ब्याज र लगानीबाट प्राप्त प्रतिफल (बोनस) सहित कोषको नियमानुसार निजको हकवालाले एकमुष्ट रकम भूक्तानी पाउने ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

२६. सहभागी साठी वर्ष उमेर पूरा हुँदा १५ वर्ष रकम जम्मा गरेको भए पनि पेन्सन लिन ईच्छुक नभएमा बचत रकम के हुने ब्यवस्था छ ?

  • कोषको नियमानुसार उपदानको रुपमा लिन सकिने ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

२७. पेन्सन नलिई जम्मा भएको रकम फिर्ता लिने प्रावधान के छ ?

  • जम्मा गर्न शुरु गरेको २४ महिना नपुगी फिर्ता लिन चाहेमा फिर्ता हुने छैन । तर, २४ महिना पछि बचत गर्न नसक्ने उर्पयुक्त कारण (आयश्रोत गुमेमा वा अशक्त भएमा वा वसाई सरी अन्य देश गएमा) सहित निवेदन दिएमा बचतकर्ताको नाममा जम्मा रहेको रकम एकमुष्ट फिर्ता हुने ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

२८. यो योजनामा सहभागीले अन्य के के सुविधा प्राप्त गर्दछ ?

  • यो योजनाका सहभागी बचतकर्तालाई ५ बर्ष पुरा भए पछि ८० (असी) प्रतिशतसम्म सापटी प्रदान हुने । जुनसुकै कारणले बचतकर्ताको मृत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई दश हजार रुपैयाँ एकमुष्ठ उपलब्ध हुने। यसका अलवा अन्य प्रबर्द्बनात्मक सुविधाहरु (सहभागी दुर्घटना विमा, आवाश कर्जा, शैक्षिक कर्जा, सरल कर्जा) आदि प्राप्त हुन सक्ने ब्यवस्था समेत रहेको छ ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

२९. नावालकले यस योजनामा सहभागी हुन पाउने कि नपाउने ?

  • यो योजना आयआर्जन गर्नेहरुको लागि भएकोले नावालक सहभागी हुन नसक्ने ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------

३०. १५ बर्ष बाँकी नरहदै उमेरले ६० बर्ष पुग्ने ब्याक्तिको हकमा यस योजनामा सहभागी हुन मिल्ने वा नमिल्ने ? 

  • मिल्ने ।

----------------------------------------------------------------------------------------------------------------------------------------------------------