जनकपुर शाखा कार्यालय
Janakpur Branch Office
स्थापना
नागरिक लगानी कोषले आफ्ना सहभागीहरुलाई केन्द्रीय कार्यालयबाट उपलब्ध गराएका सम्पूर्ण सेवा सुविधाहरु स्थानीय स्तरमा नै उपलब्ध गराउने उद्देश्य अनुरुप शाखा कार्यालय बिस्तार गर्ने क्रममा बि.स. २०८२ सालमा जनकपुरधाम ०४, धनुषामा कोषको छैठौं शाखा कार्यालयको रुपमा स्थापना भई मिति २०८२ देखि निरन्तर रूपमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
कार्यक्षेत्र
मधेश प्रदेश अन्तर्गतका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी जम्मा ८ जिल्लाहरु यस शाखा कार्यालयको मुख्य कार्य क्षेत्र रहेका छन् ।
शाखा कार्यालयबाट उपलब्ध हुने सेवाहरु
- कोषका विभिन्न कार्यक्रमहरु (कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, बीमा कोष, उपदान कोष, लगानीकर्ता योजना र नागरिक पेन्सन) बारे बिस्तृत जानकारी प्रदान गर्ने l
- कोषका विभिन्न कार्यक्रमहरुको परिचयपत्र तथा परिचयपत्र नम्बर प्रदान गर्ने l
- कोषका विभिन्न कार्यक्रमहरुको फाँटवारी संकलन तथा इन्ट्री गर्ने ।
- कोषका विभिन्न कार्यक्रमहरुको ब्यालेन्स स्टेटमेन्ट प्रदान गर्ने।
- खाता एकिकरण तथा शुद्धिकरण ।
- सापटी (कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष र लगानीकर्ता योजना) प्रदान गर्ने ।
- कोषका विभिन्न सापटीहरुको ऋण चुक्ता (Loan Repayment) सम्बन्धी कार्य गर्ने ।
- कोषका विभिन्न कार्यक्रमहरुको अवकाश पछिको अन्तिम भुक्तानी (Final Payment) प्रदान गर्ने l
- कोषका विभिन्न कार्यक्रमहरुको Balance Certificate प्रदान गर्ने l
- ई-सर्भिस र मोबाइल एप्स सम्बन्धी सेवा प्रदान गर्ने ।
- अनलाइन फाँटवारी दाखिला सम्बन्धी जानकारी प्रदान गर्ने ।
- आवास कर्जा, सरल कर्जा र जग्गा खरिद कर्जा प्रवाह हुने |
आवास कर्जा, सरल कर्जाका लागि तोकिएको कार्यक्षेत्रहरू
- धनुषा जिल्लाको जनकपुरधाम उपनगरपालिकाको सम्पूर्ण छेत्र ।
- धनुषा जिल्लाको जनकपुरधाम उपनगरपालिकासंग सिमाना जोडिएका नगरपालिका र सहरी छेत्र ।
कार्यालय प्रमुख

नाम:- श्री जय प्रकाश शाह
सम्पर्क नं. :- ०४१-५९१२३६
इमेल:-
सूचना अधिकारी
नाम:- श्री प्रमोद कुमार दास
सम्पर्क नं.:- ०४१-५९१२३६
इमेल:- [email protected]
कार्यालको ठेगाना
मधेश प्रदेश, जनकपुरधाम -०४, धनुषा
सम्पर्क नं. : ०४१-५९१२३६, ५९१२३७7
इमेल:- [email protected]