स्थापना: नागरिक लगानी कोषको आफ्ना सहभागीहरुलाई केन्द्रीय कार्यालयबाट उपलब्ध गराएका सबै सेवासुविधाहरु स्थानीयस्तरमा नै उपलब्ध गराउने उद्देश्यले शाखा कार्यालय बिस्तारको क्रममा यस शाखाको स्थापना वि.स. २०७८ सालमा सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको बुटवलमा कोषको तेश्रो शाखा कार्यालयको रुपमा स्थापना भएको हो।यस कार्यालयले बि.स. २०७८ साउन २० गते देखि निरन्तर सेवा प्रवाह गर्दै आइरहेको छ।
सेवाहरु:-
कार्यक्षेत्र शाखा कार्यालय, बुटवलको कार्य क्षेत्र लुम्बिनी प्रदेश अन्तर्गतका कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम(पूर्व), रोल्पा, दाङ, बाँके र बर्दिया गरी १२ जिल्लाहरु यस कार्यालयको मुख्य कार्यक्षेत्र रहेका छन।
आवास कर्जा र सरल कर्जा उपलब्ध हुने क्षेत्रहरू:- 1. बुटवल उप-महानगरपालिकाको सम्पूर्ण क्षेत्र। 2. बुटवल उप-महानगरपालिकासंग सिमाना जोडिएका नगरपालिका र गाउँपालिकाको सहरी क्षेत्र भित्र। 3. रुपन्देही, कपिलवस्तु र नवलपुर जिल्लाको सहरी क्षेत्र भित्र।
कार्यालय प्रमुख:-
नाम: जय प्रकाश साह इमेल: jpshah44@nlk.org.np सम्पर्क नं. : ९८५७०४४५२१
सूचना अधिकारी नाम: मन मोहन मिश्र इमेल: mishramohan@nlk.org.np
सम्पर्क नं.: ०७१-५३४५२१
कार्यालयको ठेगाना:- लुम्बिनी प्रदेश, बुटवल उप-महानगरपालिका वडा नं. ७ दीपनगर, बुटवल, रुपन्देही सम्पर्क नं. :- ०७१-५३४५२१, ५३३७५८ इमेल :- cit_butwal@nlk.org.np