"नेपालको समृद्धिको सहयात्री"
NP

Citizen Investment Trust

Surkhet Branch

सुर्खेत  शाखा कार्यालय

Surkhet Branch Office

 

स्थापना

नागरिक लगानी कोषले आफ्ना सहभागीहरुलाई केन्द्रीय कार्यालयबाट उपलब्ध गराएका सम्पूर्ण सेवा सुविधाहरु स्थानीय स्तरमा नै उपलब्ध गराउने उद्देश्य अनुरुप शाखा कार्यालय बिस्तार गर्ने क्रममा बि.स. २०७९ सालमा कालिन्चोक,राधा कृष्ण मन्दिर नजिक , बिरेन्द्रनगर-८, सुर्खेतमा  कोषको पाँचौ  शाखा कार्यालयको रुपमा स्थापना भई मिति २०७९/१०/२९ देखि निरन्तर रूपमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

कार्यक्षेत्र

कर्णाली प्रदेश अन्तर्गतका हुम्ला, मुगु,डोल्पा ,जुम्ला ,कालिकोट ,जाजरकोट ,रुकुम,दैलेख,सल्यान ,सुर्खेत गरी जम्मा १० जिल्लाहरु यस शाखा कार्यालयको मुख्य कार्य क्षेत्र रहेका छन् ।

शाखा कार्यालयबाट उपलब्ध हुने सेवाहरु

  • कोषका विभिन्न कार्यक्रमहरु (कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, बीमा कोष, उपदान कोष, लगानीकर्ता योजना र नागरिक पेन्सन) बारे बिस्तृत जानकारी प्रदान गर्ने l
  • कोषका विभिन्न कार्यक्रमहरुको परिचयपत्र तथा परिचयपत्र नम्बर प्रदान गर्ने l
  • कोषका विभिन्न कार्यक्रमहरुको फाँटवारी संकलन तथा इन्ट्री गर्ने ।
  • कोषका विभिन्न कार्यक्रमहरुको ब्यालेन्स स्टेटमेन्ट प्रदान गर्ने।
  • खाता एकिकरण तथा शुद्धिकरण ।
  • ८०% सापटी (कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष र लगानीकर्ता योजना) प्रदान गर्ने ।
  • कोषका विभिन्न सापटीहरुको ऋण चुक्ता (Loan Repayment) सम्बन्धी कार्य गर्ने ।
  • कोषका विभिन्न कार्यक्रमहरुको अवकाश पछिको अन्तिम भुक्तानी (Final Payment) प्रदान गर्ने l
  • कोषका विभिन्न कार्यक्रमहरुको Balance Certificate प्रदान गर्ने l
  • ई-सर्भिस र मोबाइल एप्स सम्बन्धी सेवा प्रदान गर्ने ।
  • अनलाइन फाँटवारी दाखिला सम्बन्धी जानकारी प्रदान गर्ने ।
  • आवास कर्जा, सरल कर्जा तथा शैक्षिक सापटी र जग्गा खरिद कर्जा आगामी आ.व. देखि प्रवाह गर्ने लक्ष्य लिइएको ।

कार्यालय प्रमुख

नाम:- प्रविन राई
सम्पर्क नं. :- ९८५८०७२४५५,०८३-५९०४९४ Ext. 105

इमेल:- charteredprabin@gmail.com,prabin.rai@nlk.org.np

 

सूचना अधिकारी

नाम:- अवधेश मण्डल 

सम्पर्क नं.:- ०८३-५९०४९५ Ext. 106

इमेल:- cit_surkhet@nlk.org.np

 

कार्यालको ठेगाना

कर्णाली  प्रदेश, बिरेन्द्रनगर-८, सुर्खेत

सम्पर्क नं. : ०८३-५९०४९४,०८३-५९०४९५

इमेल:- cit_surkhet@nlk.org.np